Jantarkhani

Jantarkhani
जन्तरखानी
Village development committee
Jantarkhani

Location in Nepal

Coordinates: 27°25′N 86°29′E / 27.41°N 86.48°E / 27.41; 86.48Coordinates: 27°25′N 86°29′E / 27.41°N 86.48°E / 27.41; 86.48
Country    Nepal
Zone Sagarmatha Zone
District Okhaldhunga District
Population (2011)
  Total 1,762
Time zone Nepal Time (UTC+5:45)

विश्वको सर्वोच्च हिमशिखर सगरमाथा नजिकै ओखलढुङ्गा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित मुख्य मगर, शेर्पा, तामाङ र बि.क. आदि विभिन्न जातजातिको बसोबास रहेको विकट पहाडी भेग हो, जन्तरखानी गाउँ । यस सुन्दर तर विकट क्षेत्र जन्तरखानीमा विकासका पूर्वाधारहरु न्यून थियो र अझै पनि छ । यहाँको जनताको मुख्य पेसा कृषि नै हो ।

यस गाउँका अधिकांश यूवा वर्गहरु शिक्षा, रोजगारी तथा अवसरको खोजीमा आफ्नो गाउँ छाड्नु पर्ने बाध्यता रहेको छ । विशेष गरी जन्तरखानी गाउँबाट शिक्षा तथा रोजगारी लगायत अवसरको निम्ति काठमाडौं आई बसोबास गर्ने बाध्यता रहको सर्वविदित नै छ । जन्तरखानी गाविस बासीलाई विविध क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, बृक्षारोपण, सरसफाई अभियान तथा जनचेतनामुखी कार्यक्रमहरुमा ध्यान दिनु पर्ने आवश्यकता छ ।  

हाम्रो देश नेपाल गाउँ नै गाउँले भरिएको विकासोन्मुख देश हो । यहाँ विभिन्न धर्म, संस्कृति, जात–जाती, भाषा–भाषीहरूको बसोवास रहेको छ । आजसम्म प्रतिव्यक्ति आय कम भएको मुलुकको रूपमा चिनिने देश नेपाल परम्परागत कृषि प्रणालीमा आश्रित भएको समाजमा विद्यमान गरिबी, रोग, अशिक्षा, अन्धविश्वास, सामाजिक विभेद, छुवाछुत, वातावरण प्रदुषण, अस्थिरता जस्ता दर्जनौ समस्याहरू, बेरोजगारी बढ्दै गइरहेको छ । विभिन्न जात–जाती तथा भाषा–भाषीहरूको सङ्गम, विविधतामा एकता भएको देशको रूपमा चिन्न सकिन्छ । ग्रामीण क्षेत्रमा भएका कला संस्कृतिको जगेर्ना गर्न र संरक्षण गर्न नयाँ पुस्ताका लागि ठूलो चुनौती बनेको छ ।

विभिन्न कारणले हाम्रा आफ्ना पुराना आफ्नै मौलिकता भएका संस्कृति हराएर जाने सम्भावना देखिन्छ । हाम्रा कला संस्कृतिहरूलाई जोगाई राख्न समाजका विविध समुदायहरूलाई गोलबन्द गरी उनीहरूलाई सकारात्मक पक्षमा परिचालन गर्न साथै सामाजिक विकृति, विसंगती रोक्न र रुढिवादी परम्पराको अन्त्य गरी कला र संस्कृतिले भरिएको सभ्य समाजको निर्माणार्थ चेतनामुलक कार्यक्रम सञ्चालन गरी देशको विकासमा टेवा पु¥याउने उद्देश्यले स्वार्थभन्दा माथि सेवा भन्ने भावनालाई आत्मसात गरी सेवा गर्ने अवसरको सदुपयोग गर्दै अन्तर्राष्ट्रिय समझदारी, सदाशयता, विश्वशान्ति, समाजमा रहेका विभिन्न वर्ग तथा समुदायको हित तथा सहयोगको लागि पेशा वा व्यवसायको सम्मानका साथ कदर गर्दै विभिन्न पेशा तथा व्यवसायका व्यक्तिहरूबीच आपसी समन्वय, भावनात्मक विचारका एकता, सद्भाव, पेशागत आचरण, उच्च नैतिकता तथा शिष्टाचार अभिवृद्धि गरी सम्पूर्ण मानव समुदायको हितको कार्यमा संस्थागत रूपमा अग्रसर हुन उत्साहित गर्न र एकतावद्ध भई सेवा गर्ने पवित्र उद्देश्यका साथै समाजमा विद्यमान आर्थिक तथा सामाजिक विकासका पूर्वाधारका अपर्याप्तताको कारण समुदायको जनजीवन बदलिन नसकिरहेको वर्तमान परिप्रेक्ष्यमा आर्थिक तथा सामाजिक विकास, वातावरणीय विकासका लागि युवाहरूले नयाँ सोचका साथ कट्टिवद्ध भई, सामाजिक जागरुकता ल्याउदै नयाँ परिवर्तन साकार पार्नका निम्ति जन्तरखानी गाउँबासीहरु संधै लागिरहने छ ।

हाम्रो समाजमा रहेका विकृती, विसंगती, अन्तरविरोधहरूको उचित व्यवस्थापनको निमित्त विद्यमान परम्परागत ज्ञान र सिपलाई आधुनिकिकरण गरी विभिन्न क्षेत्रहरू जस्तै शिक्षा, स्वास्थ्य, कृषि, वन, वातावरण, पर्यटन, भौतिक पूर्वाधार, समानता, सूचना र रोजगारी, मनोरञ्जन, खेलकुद जस्ता महत्वपूर्ण सवालहरूमा ध्यान केन्द्रित गर्दै सामाजिक, आर्थिक एवम् सांस्कृतिक रूपले पिछडिएका वर्ग, समुदाय, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त व्यक्तिका संरक्षण तथा युवावर्गको समग्र विकासको लागि अतिरिक्त कला र विभिन्न सिपसहित सामाजिक सचेतना अभिवृद्धिका कार्यक्रम ग्रामीण स्तरसम्म पु¥याई स्वरोजगार सृजना गरी आर्थिक रूपले सम्पन्न समाजको निर्माणमा सहयोग पु¥याउन सकियोस् भन्ने स्वच्छ अभिप्रायले समाजमा देखिएका शोषण, उत्पीडन, अन्याय विरुद्ध सामाजिक सद्भाव कायम गर्नु पर्ने छ । राष्ट्र निर्माणमा सहयोग गर्न र विभिन्न धर्म, वर्ग, जातजाति, भाषा–भाषी, सम्प्रदायको बिच सामाजिक राष्ट्रिय एकता पैदा गर्दै, लोकतन्त्र सुशासन एवं सामाजिक न्यायप्रति प्रतिवद्ध रही, विश्व बन्धुत्वको भावना सृजना गर्ने महान् उद्देश्य जन्तरखानी गाउँबासीहरुले गरेको छ । 

Jantarkhani is a Ward in Siddhicharan Municipality of Okhaldhunga District in the Sagarmatha Zone of mid-eastern Nepal. At the time of the 2011 Nepal census, when it was a VDC, it had a population of 1,762 living in 388 individual households.[1]

References

  1. "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, archived from the original on 12 October 2008, retrieved 15 November 2009.


This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.